काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले विपक्षी दलहरूलाई आफू सत्तामा नभएको बेला मात्रै बुद्धिजीवीहरू चाहिने भन्दै प्रश्न गर्नु भएको छ ।
आज विपक्षी ५ दलले विभित्र पेशागत क्षेत्रका बुद्धिजीवीसँग नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै थापाले सत्तामा रहुञ्जेल बुद्धिजीवी नचाहिने र सत्ताबाहिर पुगेपछि चाहिने भन्दै ब्यङ्ग्य गर्नु भएको हो ।
उहाँले विपक्षी दलका नेताहरूलाई आज सरकारले गरेको संवैधानिक नियुक्ति जस्तै तपाईले पनि भोलि त्यसरी नै नियुक्त गर्ने हो ? त्यसरी पनि देश बन्छ ? भनेर प्रश्नसमेत गर्नुभयो ।
अधिवक्ता थापाले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारले गरेको संवैधानिक नियुक्तिमा कति भाग पाएको छ भनेर पनि प्रश्न गर्नुभयो ।







प्रतिक्रिया