काठमाडौं- प्रतिनिधिसभा विघटन मुद्दामा सोमबारको सुनुवाइ सकिएको छ । आज महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गर्नुभयो ।
भोलि नायव महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेयले बहस गर्नु हुनेछ । । पाण्डेयका लागि २ घण्टा समय छुट्याइएको छ ।
बडालले धारा ७६ (५) मा दलीय निर्देश हिप लाग्ने दावी गर्नुभयो ।
बडालले उपधारा ५ अनुसार स्वतन्त्र रूपमा निर्वाचित भएका सांसदहरु पनि सरकार बनाउने दावी लिएर जान सक्ने ब्याख्या गर्नुभयो । ‘दलका सदस्य भए दलको पत्र चाहिन्छ दलको सदस्य नभए स्वतन्त्र रुपमा जान सक्छन् भनेको हो,’ इजलासमा उहाँले भन्नुभयो, ‘दल चाहिँ चाहिन्छ, यो संविधानले निर्दललाई स्थान नै दिएको छैन ।’







प्रतिक्रिया