अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनानगरको सरकारी जग्गा कब्जा गरेर ‘हाम्रो टिम नेपाल’ले बनाएका टहरा हटाइयो

अनानगरको सरकारी जग्गा कब्जा गरेर ‘हाम्रो टिम नेपाल’ले बनाएका टहरा हटाइयो


काठमाडौं- काठमाडौं महानगरपालिकाले अनामनगरको पूर्वी गेट अगाडि सार्वजनिक जग्गा कब्जा गर्नुका साथै आफूसँग कुनै समन्वय नगरी बनाएका टहरा हटाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजनाअनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौं महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइएको हो ।

‘हामीलाई जानकारी भएअनुसार करीब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरूले त्यहाँ टहरा बनाउनु भएको रहेछ,’ ज्ञवालीले भन्नुभयो, ‘स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ-डिजाइन तयारी अवस्थामा छ । हामीले काम अघि बढाउन उहाँहरूलाई पटकपटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौँ ।’

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले पनि पटकपटक उनीहरूलाई आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनु परेको जानकारी दिनुभयो ।