काठमाडौं- जननेता मदन भण्डारीको ७० औँ जन्म जयन्तीको अवसरमा स्टाफ नर्स र चालकलाई यसवर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ वितरण तथा पुस्तक लोकार्पण गरिएको छ ।
आज बालुवाटारमा आयोजित कार्यक्रमा मदन भण्डारी फाउन्डेसनका संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ वितरण तथा पुस्तक लोकार्पण गरिएको हो ।
२०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कोभिड-१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई प्रदान गरिएको छ । कोभिड महामारीका क्रममा भेरी अस्पतालको आईसीयूमा कार्यरत कालीकोटकी स्टाफ नर्स सुनिता सहकारी र नेपाल एम्बुलेन्स सर्भिस काठमाडौंमा कार्यरत एम्बुलेन्स चालक बमबहादुर गुरुङलाई जनही एक लाख रुपैयाँ राशिको सो पुरस्कार प्रधानमन्त्री ओलीले प्रदान गर्नु भएको हो ।
तस्बिर : आशिष पौडेल
प्रतिक्रिया