काठमाडौं- महाधिवेशन नजिकिएसँगै नेपाली कांग्रेसका नेताहरूबीच अनौपचारिक छलफलले तीव्रता पाएको छ । आज वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा छलफलका लागि पुग्नु भएको छ ।
पौडेल र सिटौलालाई कोइरालाले आफ्नो निवासमा खाना खान बोलाउनभएको बताइएको छ । महाधिवेशनमा सभापति देउवाले नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएपछि संस्थापनइतर समूहबाट सहमतिमा नेतृत्वबारे छलफल गर्न कोइरालाले पौडेल र सिटौलालाई बोलाएको कोइराला निकट एक नेताले बताउनुभयो ।
कोइरालाले आफू सभापातिमा उठ्ने बताउँदै आउनुभएको छ । वरिष्ठ नेता पौडेलले पनि अन्तिम पटकका लागि सभापति बन्ने इच्छा राख्नुभएको छ ।
कांग्रेसभित्र उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भावी नेतृत्व सर्वसम्मत चयन गर्ने भन्दै छलफल गर्दै आउनुभएको छ ।







प्रतिक्रिया