अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘माधव नेपालले मदन भण्डारीको अवमूल्यन गर्ने अभिव्यक्ति दिएका थिए’

‘माधव नेपालले मदन भण्डारीको अवमूल्यन गर्ने अभिव्यक्ति दिएका थिए’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालले जननेता मदनकुमार भण्डारीको अवमूल्यन गर्ने अभिव्यक्ति दिएको बताउनुभएको छ ।

जननेता भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा आज आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेता नेपालले २०६३ सालमा ‘हिमाल टाढाबाट देख्दा मात्रै राम्रो देखिन्छ’ भन्ने खालका मदन भण्डारीको अवमूल्यन गर्ने अभिव्यक्ति दिएको र आफूलाई आवश्यक पर्दा मात्र भण्डारीको नाम लिने गरेको बताउनुभयो ।

उहाँले नेता भण्डारी नामले नै एउटा विचार एउटा आन्दोलन, एउटा राजनीतिक हिसाबले सुसभ्य सुसंस्कृत विकसित राष्ट्र निर्माण गर्ने सहीप्रयासको संगम जनाउने धारणा राख्दै भण्डारीका विचारलाई कार्यान्वयन गर्नुपर्ने उत्तरदायित्व पूरा गर्न भने बाँकी नै रहेको बताउनुभयो ।

साथै, प्रधानमन्त्री ओलीले नेता नेपाल कांग्रेस र माओवादीको पुच्छर बनेको समेत आरोप लगाउनुभयो । ‘माधव नेपाललाई कानमा भजनको चिनी हालिदिएको मन पर्छ । कहिले शेरबहादुर देउवा र कहिले प्रचण्डले त्यस्तो चिनी हालि दिएका छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।