अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज  देशका धेरै ठाउँमा वर्षा हुने

आज  देशका धेरै ठाउँमा वर्षा हुने


काठमाडौं-आज  देशका धेरै ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यस क्रममा दुइटा प्रदेशमा ठूलो वर्षाको सम्भावना छ।
‘दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘प्रदेश नं १, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस क्रममा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।