अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चट्याङ लागेर तीन जनाको मृत्यु

चट्याङ लागेर तीन जनाको मृत्यु


वीरगन्ज- पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ।

मंगलबार बिहान खेतमा धान रोप्न र भैंसी चराउन गएका बेला एक महिलासहित तीन जनाको मृत्यु भएको हो। एक जना घाइते पनि भएका छन्।

पर्साको सखुवाप्रसौनी गाउँपालिका-४ देवरबानाका ५५ वर्षीय रघुवीर यादवको भैंसी चराउन गएका बेला परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै पटेर्वासुगौली गाउँपालिका-१ गदियानीका २७ वर्षीय रुस्लान गदीको पनि चट्याङ लागेर मृत्यु भएको छ।

यस्तै खेतमा धान रोप्न गएका बेला चङटयाङ लागेर पर्साकै जीराभवानी गाउँपालिका-३ जितपुरकी ५० वर्षिया असतुरनी देवी थरुनीको पनि मृत्यु भएको छ।