अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

धान उत्पादन वृद्धि भए मात्रै देश समृद्ध हुन्छ : कृषिमन्त्री नेम्वाङ

धान उत्पादन वृद्धि भए मात्रै देश समृद्ध हुन्छ : कृषिमन्त्री नेम्वाङ


काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले धानको उत्पादनलाई वृद्धि गरेर आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताउनुभयो ।

आज अठारौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने बताउनुभयो ।

‘अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउने कृषि हो । कृषिमा उत्पादन र उत्पादकत्व, खाद्य र पोषण सुरक्षादेखि लिएर यसलाई विशिष्टिकरण ढंगले अगाडि बढाएर, आयातलाई प्रतिस्थापन गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएन भने समृद्धि प्राप्त गर्न सकिदैनँ । समृद्धि प्राप्त गर्ने हाम्रो राष्ट्रिय आकांक्षाको मूल आधार कृषिको विकास हो । त्यसमध्येको एउटा आधार धानबालीको उन्‍नयन र विकास हो,’ मन्त्री नेम्वाङले भन्नुभयो ।

उहाँले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनको लागि स्पष्ट नीति बनाइरहेकोसमेत उहाँले उल्लेख गर्नुभो ।