अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाराजगञ्जको बालमैत्री अस्पतालको भवनमा आगलागी, चार मजदुर घाइते

महाराजगञ्जको बालमैत्री अस्पतालको भवनमा आगलागी, चार मजदुर घाइते


काठमाडौं- महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको निर्माणाधीन भवनमा आगलागी भएको छ । आगलागी हुँदा चार मजदुर घाइते भएका छन् ।

प्रहरीका अनुसार आज दिउँसो विद्युत सर्ट भई लागेको आगलागीमा परेर उनीहरू घाइते भएका हुन् ।

घाइते सबै मजदुरको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागी केही समयभित्रै प्रहरी नियन्त्रणमा लिएको थियो ।