काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षलाई बोलाएको छ । आयोगले असार २२ गते ११ बजे अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई सहमतिका लागि बोलाएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानअनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको जानकारी दिनुभयो ।
जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन् । यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गर्नु भएको छ । ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको घोषणा गर्नु भएको छ ।
५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाएका छन् ।







प्रतिक्रिया