काठमाडौं -नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवटारमा बिहान ११ बजे देखि बैठक सुरु हुने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
हिजोको स्थायी कमिटी बैठकले एमालेका साँगठनिक संरचनाहरु २०७५ जेठ २ मा फर्काउने निर्णय गरेकोले यस पटकलाई आयोजक कमिटीको यो अन्तिम बैठक हो । आजको बैठकले स्थायी कमिटीको यो निर्णयलाई अनुमोदन गर्नेछ । पार्टीको संस्थापन पक्षले भोली १७ गते नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक राख्ने तयारी गरेपनि माधव नेपाल पक्षले थप छलफलका लागि एक दिन पर सार्न आग्रह गरेकोले अर्को बैठक १८ गते बस्नेछ ।
आजको बैठकमा माधव नेपाल सहित पार्टीले साधारण सदस्य समेतबाट निस्कासन गरेका ११ जनालाई बाहेक सबै केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको छ । तर आज माधव पक्षले बैठकमा सहभागिता नजनाउने स्रोतले जनाएको छ । ‘पार्टीको स्थायी कमिटीको हिजोको बैठकको निर्णय स्वागतयोग्य छ’ माधव पक्षको कार्यदलका एक सदस्यले नेपाली बहस डट कमसँग भन्नुभयो ‘आज र भोली थप छलफल र केही बिषयहरुमा सहमती गरेर पर्सी १८ गतेको बैठकमा हामी सहभागी हुन्छौं । ’







प्रतिक्रिया