काठमाडौं- संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदबाट नियुक्ति सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइबिना नियुक्त गर्न नमिल्ने भन्दै बदर गर्न माग गर्दै रिट दर्ता गर्नु भएको हो । उहाँले रिटको टुंगो नलागेसम्म उनीहरूलाई कामकाज गर्न नदिन अन्तरिम आदेश पनि माग गर्नु भएको छ ।
संवैधानिक परिषदले गत वैशाख २६ गते लोकसेवा आयोगको अध्यक्षसहितका पदाधिकारी र अरू संवैधानिक निकायका पदाधिकारी गरी २० जना नियुक्तिको सिफारिस गरेको थियो ।
प्रतिक्रिया