अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरस्वती प्रधानद्वारा रूपाविरुद्ध मानवअधिकार आयोगमा उजुरी

सरस्वती प्रधानद्वारा रूपाविरुद्ध मानवअधिकार आयोगमा उजुरी


काठमाडौं- घरबेटी सरस्वती प्रधानले मानवअधिकार आयोगमा उजुरी दिनुभएको छ । सञ्चारकर्मी रूपा सुनारले आफ्नो अनुमतिबिना फोन रेकर्ड गरी व्यक्तिगत जीवनको स्वतन्त्रता हनन गरेको भन्दै उहाँले आयोगमा उजरी दिनुभएको हो ।

उजुरीमा सरस्वतीले आपराधिक नियतका साथ रूपाले आवश्यकताबिना नै कोठा खोज्न आएर बहानावाजी गरेको दावीसमेत गर्नु भएको छ ।

‘मेरो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसकै प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिई गैरकानूनी एवं मेरो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहपूर्वक थुनाइएको छ,’ प्रधानको उजुरीमा भनिएको छ ।

दुई वटा कोठा १२ हजार रुपैयाँमा दिने भनेर कुरा मिलिसक्दा रूपाले नै जातको कुरा निकालेको प्रधानले बताउनुभएको छ ।