अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपद् व्यवस्थापनसम्बन्धी बैठक बस्दै

विपद् व्यवस्थापनसम्बन्धी बैठक बस्दै


काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले विपद् व्यवस्थापनसम्बन्धी बैठक बोलाउनुभएको छ ।

देशभर वर्षाका कारण नदी सतह बढिरहेको र विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले तत्काल उद्धार र राहतमा जुट्नका लागि मन्त्री पौडेलले बैठक बोलाउनुभएको हो ।

उपप्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव यमराज पाण्डेका अनुसार गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा विभागीय प्रमुखहरू सहभागी हुनुहुन्छ ।

जोखिममा रहेका क्षेत्रहरूको जानकारी लिने र सतर्कता अपनाउने सन्दर्भमा छलफल भइरहेको बताइएको छ ।