काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षको बैठक सुरु भएको छ । बैठक काठमाडौंको बुद्धनगरस्थित एक वैंकटमा सुरु भएको हो ।
बैठकमा दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाल पनि भिडियोमार्फत जोडिनुभएको छ । खनालबाहेकका नेताहरू भने भौतिक रूपमै बैठकमा सहभागी छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बुधबार जेठ २ को पार्टी संरचनामा फर्काउने गरी एमाले बैठक शुक्रबारलाई बोलाउनुभएको छ । त्यसअघि माधव पक्षको बैठक बसिरहेको हो ।







प्रतिक्रिया