अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


हेटौँडा- बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्न लागेको हो । गत असार १ गते संसदमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेलगत्तै स्थगित भएको बैठक आजका लागि बोलाइएको हो ।

आजको बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि गत असार १ गते संसद्मा प्रस्तुत गरेको बजेटमाथि छलफल हुनेछ ।

बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले संसद्मा बजेटमाथि छलफल प्रारम्भ गरियोस् भनी सम्बोधन गरेलगत्तै बजेटमाथि छलफल प्रारम्भ हुनेछ ।

मन्त्री ढुंगेलको सम्बोधनपछि बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दलगत रुपमा प्रतिनिधिहरूले बजेटमाथिको छलफलमा भाग लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशसभा बैठक आगामी असार २१ गतेसम्म निरन्तर चल्नेछ । त्यस्तै, भोलि असार १८ गते बस्ने बैठकमा आज छलफलमा भाग लिन बाँकी रहेका सांसदहरूलाई समय दिने र उक्त समय सक्किएपछि आर्थिक मामिला मन्त्री ढुंगेलले बजेट पास गर्न संसद्मा पेश गर्ने कार्यसूची रहेको अमात्यले बताउनुभयो ।

उहाँका अनुसार साही दिन संसद्मा प्रदेश सरकारको विनियोजन विधेयक टेबुल हुने र प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले विपद् सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।