अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीको बैठकमा उपस्थित हुन झलनाथ र माधवलाई पनि पत्र

एमाले केन्द्रीय कमिटीको बैठकमा उपस्थित हुन झलनाथ र माधवलाई पनि पत्र


काठमाडौं- भोलि बस्ने नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि पत्र पठाइएको छ ।

शुक्रबार बिहान ११ बजे बस्ने बैठकका लागि खनाल-नेपालसहित सबै सदस्यहरूलाई बैठकमा उपस्थित हुन लागि पत्र पठाएको हो ।

बैठकमा उपस्थितका लागि सबैलाई इमेल गरेर पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

‘सबैलाई इमेल गरेर बैठकमा आउन पत्र पठाएको छु । टेलिफोनबाट पनि जानकारी गराउँछु,’ सचिव तामाङले भन्नुभयो ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै नेता खनाल र नेपालसहित ११ जनालाई गरिएको कारबाही स्वतः निष्प्रभावी बनेको छ ।