काठमाडौं– सरकारले ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिकतर्फका सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।
प्रशासनतर्फ डा. दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे सचिवमा बढुवा हुनुभएको छ । रेग्मीको मात्र नाम बढुवा समितिबाट सिफारिस भएको थियो । प्रशासनतर्फ ३ जना सिफारिस भएकोमा बरिष्ठताका आधारमा सहसचिव गणेशप्रसाद पाण्डे सचिवमा बढुवा हुनुभएको थियो ।
सहसचिव डा। कृष्णप्रसाद आचार्य वन सेवातर्फ सचिवमा बढुवा हुनुभएको छ । इन्जिनियरिङ सेवातर्फ सचिवमा सहसचिव प्रमिला बज्राचार्यलाई बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।





प्रतिक्रिया