अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीको बैठक आज

पदीय हैसियत तोकेरै केन्द्रीय कमिटी बैठकमा नेताहरुलाई पत्राचार

पदीय हैसियत तोकेरै केन्द्रीय कमिटी बैठकमा नेताहरुलाई पत्राचार


काठमाडौं- नेकपा एमालेले आजको केन्द्रीय कमिटी बैठकमा नेताहरुलाई पदीय हैसियत तोकेरै निमन्त्रणा गरेको छ । सामुहिक एसएमएस मात्र गरेर बैठकमा निमन्त्रणा गर्ने गरिएको थियो ।

माधव नेपाल पक्षका नेताहरुले आफूहरुलाई पठाएको एसएमएसमा पदीय हैसियत नखुलाएको भनेर असन्तुष्टी व्यक्त गरेपछि राती नौ बजे पत्र बनाएर पठाइएको छ । पार्टी केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङका अनुसार पार्टीका स्थायी समिती सदस्यसम्मलाई पदीय हैसियत खुलाएर पत्र पठाइएको छ । ‘ प्रधानमन्त्रीज्यूको निर्देशनपछि सबै पदाधिकारी र स्थायी समिती सदस्यलाई सम्बोधन गरेर इमेल,भाइबर र मेसेन्जरमा पत्र पठाएको छु ’ तामाङले नेपाली बहस डट कमसँग भन्नुभयो ‘बिहान फोन गरेर पनि बैठकका लागि आमन्त्रण गरिरहेको छु ।’

नेताहरुलाई पठाइएको पत्रमा नाम र पद उल्लेख गरिएको छ । कार्यसचिब तामाङले लेखेको पत्रको व्योहोरामा यस्तो लेखिएको छ ः कमरेड,उपरोक्त सम्बन्धमा नेपाल कम्यूनिष्ट पार्टी(एमाले)को केन्द्रीय कमिटीको १३ औं बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको निर्देशनमा देहाय बमोजिम आयोजना गरिएकोले उपस्थितीका लागि हार्दिक अनुरोध गरिन्छ ।


हिजाको कार्यदलको बैठक र राती प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच टेलिफोन संवाद भएपछि आजको बैठकमा नवौं महाधिवेशनबाट विजयी भएका सबै नेता बैठकमा उपस्थित हुने अपेक्षा संस्थापन पक्षको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

२०७५ जेठ २ गते पछाडी एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । जेठ ३ गते माओवादसिँग एकता भएपछि एमालेका केन्द्रीय सदस्यहरु नेकपाका केन्द्रीय सदस्यमा रुपान्तरण भएका थिए । सर्वोच्च अदालतले २३ फागुनमा एमाले माओवादी एकता टुटाइदिएपछि केन्द्रीय कमिटीलाई फागुन २८ गते दशौं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको थियो । असार १५ गतेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई खारेज गरेर पुन केन्द्रीय कमिटीमा नै फर्कने निर्णय गरेको थियो । नवौं महाधिवेशनको केन्द्रीय कमिटीको यो १३ औं बैठक हो ।