काठमाडौं -प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन आफू धेरै लचिलो भएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कमिटीको १३ औं बैठकलाई अहिले बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । सम्बोधनको सुरुमै प्रधानमन्त्री ओलीले पार्टी भित्र अराजकता मौलाएको भन्दै आक्रोस पोख्नुभएको छ । ‘पार्टी एकता जोगाउन हामी धेरै लचिलो भएर प्रष्तुत भएका छौं तर एउटा पक्ष जहाँ को त्यहीं छ’ प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै एक केन्द्रीय सदस्यले नेपाली बहस डट कमलाई भन्नुभयो ‘अहिलेको मुल जिम्मेवारी पार्टी एकता जोगाउनु भएकोले त्यसका लागि हदसम्म लचकता अपनाएको प्रधानमन्त्रीले बताउनुभएको छ ।’
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले मन्त्रिपरिषदका सदस्यहरुलाई काम कारबाही गर्न लगाएको रोकका बारेमा असन्तुष्टी पोख्नुभएको छ ।
मन्तव्यमा प्रधानमन्त्री ओलीले बिषम परिस्थितीमा पार्टीलाई जोगाउन साथ दिन सबै नेता,कार्यकर्ताहरुलाई धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले बहुदलीय व्यवस्थामा प्रतिष्पर्धा चलिरहने उल्लेख गर्दै पार्टी सरकार बाहिर बस्नु परे पनि आतिनु नपर्ने उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीको सम्बोधन अहिले जारी छ ।







प्रतिक्रिया