अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतबाट कोरोना विरुद्धको खोप आउन नदिन विपक्षीको लविङ : प्रम ओली

भारतबाट कोरोना विरुद्धको खोप आउन नदिन विपक्षीको लविङ : प्रम ओली


काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट कोरोना विरुद्धको खोप ल्याउन विपक्षी गठबन्धनले अवरोध गरेको आरोप लगाउनुभएको छ ।

पार्टीको १३ औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । ‘भारतबाट कोभिड विरुद्धको खोप आउन नदिन विपक्षी गठबन्धनको ठूलो लविङ छ’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले नेपाली बहस डट कमसँग भन्नुभयो ‘सरकारको लोकप्रियता बढ्छ भनेर यो सबै भइरहेको छ ।’

तर पर्सी देखि खोप आउने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनुभएको छ ।