काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन एमाले सांसदले हस्ताक्षर गर्नु गलत भएको बताउनुभएको छ ।
एमालेको १३ औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले पार्टी निर्णय बिना अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु राजनीतिक नैतिकता नभएको बताउनुभएको छ । ‘पार्टी पनि नछोड्ने अनि आफ्नो अध्यक्षलाई हटाएर अर्को पार्टीको नेतालाई प्रधनमन्त्री बनाउन हस्ताक्षर गर्ने यो तरिका ठिक भएन,’ गौतमले बैठकमा भन्नुभएको छ ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेको असन्तुष्ट पक्षसँग कार्यदल तहमा हैन अध्यक्षले आफैं वार्ता गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ ।







प्रतिक्रिया