अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले एकतामा वामदेवको इन्ट्री, दुवै पक्षलाई सहमत गराउने विशेष जिम्मा

एमाले एकतामा वामदेवको इन्ट्री, दुवै पक्षलाई सहमत गराउने विशेष जिम्मा


काठमाडौं- लामो समय पार्टीको संस्थापन र विपक्षी गुटमा नदेखिनुभएका एमाले उपाध्यक्ष वामदेव गौतम आजको बालुवाटार बैठकमा उपस्थित हुनुभयो । उहाँले पार्टीलाई जेठ २ गतेमा फर्काउने निर्णय नभएसम्म एमालेका कुनै गतिविधिमा सक्रिय नहुने अडान लिनुभएको थियो ।

आजको बैठकमा प्रधानमन्त्रीतिर हेर्दै गौतमले भन्नुभयो, ‘अब म तपाईंसँग यता आएँ, उता जान्न । ’ पार्टी एकता अभियान नै चलाएर बस्नुभएका गौतमलाई एमालेका दुई पक्षलाई मिलाउने विशेष जिम्मेवारी केन्द्रीय कमिटीले दिएको छ ।

आफ्नो मन्तव्यका क्रममा गौतमले कार्यदलको तहमा हैन, अध्यक्ष आफैँले एकताको पहल लिनुपर्ने बताउनुभएको थियो । उहाँले एकताका लागि आफूले पनि नेतृत्वलाई सहयोग गर्ने वचन दिनुभयो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको पहल तपाईंले लिनुहोस् भनेपछि गौतमले हौसिएर लाल सलाम गर्दै जिम्मेवारी स्वीकार गर्नुभएको थियो ।