काठमाडौ-गएराती देखि देशभर पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं लगायत देशका केही भागमा भारी बर्षा भएको छ । यो क्रम आज दिउँसो एक बजे सम्म जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लगातारको बर्षाको कारण विभिन्न ठाउँमा बाढी पहिरोले के कति क्षति गरेको छ भन्ने विवरण आउन बाँकी छ । महाशाखाले खोला नदी किनार आसपासका बासिन्दालाई सजग रहन आग्रह गरेको छ ।







प्रतिक्रिया