अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि एमाले केन्द्रीय कमिटीको बैठक

आज पनि एमाले केन्द्रीय कमिटीको बैठक


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको आन्तरिक जीवन लगायत विषयमा छलफल हुनेछ । शुक्रबारको बैठक आज बस्नेगरी स्थगित गरिएको थियो ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गर्दै ०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित एमालेले शुक्रबारदेखि केन्द्रीय कमिटीको १३ औं बैठक बोलाएको हो । गत बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले सो कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो ।

एमाले र माओवादी केन्द्र व्युँतिएपछि यसअघिका बैठकमा सहभागी नहुनुभएका उपाध्यक्ष वामदेव गौतमपनि शुक्रबारको बैठकमा भने सहभागी हुनुभयो । मावधकुमार नेपालको गुट भने बैठकमा सहभागी भएन ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने बैठकमा सहभागी हुन माधव गुटलाई आग्रह गर्नुभएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन माधव नेपाल र झलनाथ खनालसहितका २३ नेतालाई अध्यक्ष ओलीले २ दिनको म्याद दिनुभएको छ ।