अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुकुममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, दुई गम्भीर घाइते

रुकुममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, दुई गम्भीर घाइते


रुकुम– रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

शुक्रवार साँझ आठबिसकोट नगरपालिका–३ खदीमा भएको दोहोरो झडपमा परेर माओवादीका कार्यकर्ताहरु गोपाल विक र राजु विक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

खदीको तलिगाउँ र माथिगाउँमा रहेका माओवादी र कांग्रेस कार्यकर्ताबीच सामान बोकेर ल्याइएको घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा झडपको स्थिति सिर्जना भएको हो । झडपमा संलग्न नेपाली कांग्रेसका गोपाल बोहरासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

भौगोलिक रुपले विकट र सञ्चार सम्पर्क समेत हुन नसकेको घटनाको थप विवरण लिन नसकिएको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस रुकुमले भने पक्राउ परेका भनिएका गोपाल बोहरासहित केही कार्यकर्तालाई माओवादी कार्यकर्ताले हतियारसहित आक्रमण गरेर बेपत्ता बनाएको आरोप लगाएको छ ।