अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले एकताको अन्तिम कसरत : दोस्रो तहका नेताहरू पुन: छलफलमा

एमाले एकताको अन्तिम कसरत : दोस्रो तहका नेताहरू पुन: छलफलमा


काठमाडौं- नेकपा एमाले एकता जोगाउनका लागि संस्थापन र माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरूले पुन: छलफललाई तीव्रता दिएका छन् ।

समिट होटलमा भइरहेको छलफलमा संस्थापन पक्षबाट एमाले उपमहासचिव विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ सहभागी हुनुहुन्छ ।

त्यसैगरी, वरिष्ठ नेता नेपालपक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य र घनश्याम भुसाल छलफलमा सहभागी हुनुहन्छ । अन्तिमसम्म पनि एकताको प्रयत्न नछाड्ने भन्दै उहाँहरूले छलफललाई निरन्तरता दिने बताउनुभएको छ ।