अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान सुरु, पूजादेखि हरि खड्कासम्मको सहभागिता

‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान सुरु, पूजादेखि हरि खड्कासम्मको सहभागिता


काठमाडौं- नेपाल खेलकुद महासंघको ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान सुरु भएको छ । तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियानको सुरुवात गरेको हो ।

अवका दिनमा खेलकुदसँगै उत्पादनमा पनि खेलाडीहरूको सहभागिता र योगदानका लागि सुरु गरिएको सो अभियानको उद्घाटन कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वगृहमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहनुभएको थियो भने पूर्वउद्योगमन्त्री कर्ण थापा र पूर्वखेलकुद मन्त्री तथा महासंघका इन्चार्ज दावा लामा विशेष अतिथि रहनुभएको थियो ।

सहभागीहरूलाई अबिर र टीका लगाउँदै सुरु गरिएको रोपाइँ कार्यक्रममा कलाकारहरू पूजा शर्मा, वर्षा सिवाकोटी र राज कट्टेलले सक्रिय सहभागिता जनाउनुभएको थियो भने स्थानीय धर्मस्थली ब्याण्डले बाजा प्रस्तुत गर्दै कार्यक्रमको रौनक बढाएको थियो ।

उपत्यका खेलकुद महासंघ सहसंयोजक केसब ब्यन्जन्कारको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, उपाध्यक्ष सुवाष श्रेष्ठ, उपमहासचिव रामकृष्ण खड्का, शान्तमाया परीयार, सचिव रेनुका श्रेष्ठ, उमेश केसी, चर्चित फुटबल खेलाडी तथा राखेप सदस्य हरि खड्का, खेलकुद परिषद् सदस्य सम्पन्न श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

महासंघका उपत्यका सचिव केशव ओलीको सञ्चालन गर्नुभएको कार्यक्रममा वक्ताहरूले नेपाल खेल्कुस महासंघले खेलाडीहरूको वृति विकाससँगै उत्पादन र कृषिमा सहभागिताका लागि सुरु गरेको अभियान निकै फलदायी र अर्थपूर्ण रहेको भन्दै प्रसंशा गर्नुभएको थियो ।

खेलका दौरानमा घाइते खेलाडीहरूको निःशुल्क उपचारको लागि पहल गर्दै आएको महासंघले यस अभियानअन्तर्गत दुई दिन कृषि र उत्पादन मुलक कार्यमा खर्चिने गरी यो अभियान सुरु गरेको बताउँदै महासंघका अध्यक्ष पौडेलले खेल, खेलाडी र खेलप्रेमीहरूको साझा र नेतृत्वदायी मंचका रूपमा महासंघलाई अगाडि बढाउने धारणा राख्नुभएको थियो ।