अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २३२८ जनामा कोरोना पुष्टि, ३०६६ जना संक्रमणमुक्त

आज २३२८ जनामा कोरोना पुष्टि, ३०६६ जना संक्रमणमुक्त


काठमाडौं- गत २४ घण्टामा २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १ सय ३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

मुलुकभरमा ५८३७ जनाको पीसीआर परीक्षणबाट १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने ४२९६ जनाको एन्टिजेन परीक्षणबाट ८०१ जनामा पुष्टि भएको हो ।

शनिबार काठमाडौं उपत्यकामा ३७६ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३०६६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, यो अवधिमा १९ जना संक्रमितका मृत्यु भएको छ। योसँगै हालसम्म नेपालमा कोरोनाबाट ९ हजार १९८ जनाको मृत्यु भएको छ ।