अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पृथ्वी राजमार्गको धादिङ खण्ड एकातर्फी सञ्चालन

पृथ्वी राजमार्गको धादिङ खण्ड एकातर्फी सञ्चालन


धादिङ- जिल्लाको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङमा सवारी साधन क्षति पुर्‍याउने गरी आएको पहिराले अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड शनिबार दिउँसोबाट एकातर्फी रूपमा सञ्चालनमा आएको छ ।

सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकको लेदोसहितको पहिरो हटाएको छ भने क्षतिग्रस्त सवारी साधनलाई सडक किनारामा राखिएको छ ।

जबाङमा अबिरल वर्षाका कारण झरेको पहिराले पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए । पहिरामा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।

स्थानीय तह र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ । रातिदेखिको पहिराले राजमार्गको ठाउँठाउँमा पहिरो झरेर अवरुद्ध भएको थियो ।