अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेपत्ता भएको २३ दिनपछि युवकको शव फेला

बेपत्ता भएको २३ दिनपछि युवकको शव फेला


डोटी- गत जेठ २८ गते घरबाट बेपत्ता भएका शिखर नगरपालिका-४ गरुडी बस्ने २७ वर्षीय टीकाराम भट्टको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफँटका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार घरबाटै हराएका भट्टको शव २३ दिनपछि आज शिखर नरपालिका-६ मा रहेको खनकट्टे सामुदायिक वनको भुरीइजरमा भेटिएको हो ।

भट्टको शव सडेको अवस्थामा गोरु गोठालाले भेटेका थिए । घटनाबारे जानकारी प्राप्त भएलगतै प्रहरी घटना स्थलमा पुगी आवश्यक मुचुल्का तयार पारीरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाका विषयमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ । भट्टले लगाएको लुगा, खल्तीमा भएको फोटो र मोबाइल फोनका आधारमा आफन्तले शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।