अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन वैशाखभित्र गर्न महासचिव पोखरेलको प्रस्ताव

एमाले महाधिवेशन वैशाखभित्र गर्न महासचिव पोखरेलको प्रस्ताव


काठमाडौं- नेकपा एमालेका महासचिव महासचिव ईश्वर पोखरेलले आगामी वैशाखभित्र महाधिवेशन गर्ने प्रस्ताव गर्नु भएको छ ।

बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा महासचिव पोखरेलले वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने, केन्द्रीय विभागलाई पूर्णता दिने, साउन ५ गते सम्म केन्द्रमा सदस्यता विवरण पठाउने, साउन २५ गते विधान सम्मेलन गर्ने प्रस्ताव पेस भएको छ ।

यस्तै, भदौ ५ गते वडा अधिवेशन, १५ गते पालिकाको अधिवेशन गर्ने प्रस्ताव पेस गरिएको छ ।