अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु

ताप्लेजुङमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु


फुङ्लिङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित सुन्तलेखोला लघु जलविद्युत् आयोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार आयोजनामा कार्यरत प्राविधिक कर्मचारी सिरिजङ्घा गाउँपालिका-२ आम्बेगुदिनका २० वर्षीय प्रमोद कुँवरको मृत्यु भएको हो ।

विद्युत् जडानमा खटिइरहेको अवस्थामा आज अचानक करेन्ट लागेर कुँवरको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कैलाशकुमार अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

उक्त आयोजनामार्फत उत्पादित विद्युत् सिदिङ्वा गाउँपालिका-५ लिम्बुदिन र वडा नं ६ मेहेले तथा सिरिजङ्घा-२ आम्बेगुदिनका उपभोक्ताले उपभोग गर्दै आएका छन् ।