अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलपानीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

मुलपानीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु


काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ मुलपानीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

यहाँस्थित सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टिएर अन्दाजी ५० मिटर तलको टहरोमाथि खस्दा उक्त दुर्घटना भएको हो । उक्त घटना हुँदा टिपरले च्यापिएर टहरामा बसेका दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ५३ वर्षीय साईँला तामाङ र श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।