अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका धेरै ठाउँमा आज पनि मेघगर्जन सहित वर्षा हुने

देशका धेरै ठाउँमा आज पनि मेघगर्जन सहित वर्षा हुने


काठमाण्डौ -आज पनि प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्न सक्ने महाशाखाले जानकारी दिएको छ ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै भोलि सोमबार देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

त्यस्तै मंगलबार अधिकांश स्थानमा बदली भइ धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।