सर्लाही- सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन भएको छ । काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा अध्यक्ष कृष्णप्रसाद बर्माको मृत्यु भएको हो ।
७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो पटक सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा बर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया