अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकारको क्षमता विकास गर्न योगेश भट्टराईद्वारा एक लाख सहयोग

पत्रकारको क्षमता विकास गर्न योगेश भट्टराईद्वारा एक लाख सहयोग


ताप्लेजुङ- नेकपा (एमाले)का नेता तथा पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईले पत्रकारको क्षमता विकास गर्न एक लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ ।

नेपाल पत्रकार महसङ्घ ताप्लेजुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो । जिल्लामा रहेर पत्रकारिता गरिरहने पत्रकारको क्षमता विकास गर्नका लागि आर्थिक सहयोग गरिएको हो ।

जिल्लामा बसेर व्यावसायिक पत्रकारिता गर्ने पत्रकारको क्षमता वृद्धि गर्न सो रकम खर्च गर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष आनन्द गौतमले बताउनुभयो ।

भट्टराईले विगतदेखि नै ताप्लेजुङका पत्रकारको क्षमता विकासका लागि सहयोग गर्दै आउनुभएको छ ।