काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले सरकारले प्राकृतिक विपदमा परेकाहरूको उद्धार तथा राहत वितरणमा स्रोत, साधन र शक्ति परिचालन गरिएको बताउनुभएको छ ।
राष्ट्रियसभाको आज बसेको बैठकमा प्राकृतिक विपदमा परेकाहरूको उद्धार तथा राहतबारे जानकारी दिँदै मन्त्री पौडेलले सरकारले स्रोत, साधन र शक्ति परिचालन गरेको बताउनुभएको हो । ‘सरकार रमिते भएर होइन, प्रो एक्टिभ भएर परिचालित छ,’ उहाँले भन्नुभयो । प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरिरहेको मन्त्री पौडेलले बताउनुभयो ।
साथै, उहाँले राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको पनि टिप्पणी गर्नुभयो । उद्धार, राहत तथा पुनस्थापना जस्तो मानवीय प्रश्नमा राजनीति नगर्ने भन्दै उहाँले भन्नुभयो, ‘स्वेच्छिक राहतमा यदाकदा सेलिब्रेटी स्टाइल प्रकट भएको छ ।’
यसलाई रोक्न स्वेच्छिक सहयोग गर्न चाहनेहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्नुपर्ने व्यवस्था गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया