कैलाली- सामाजिक सुरक्षा कोषविरुद्ध प्राइम कमर्सियल बैंक धनगढी २ शाखाका कर्मचारीले विरोध प्रदर्शन गरेका छन् ।
केही दिन यता बैंकिङ क्षेत्रका कर्मचारीहरू देशव्यापी विरोधमा उत्रिएका बेला प्राइम कमर्सियल बैंक धनगढी २ शाखाका कर्मचारीले पनि विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले सामाजिक सुरक्षा कोषविरुद्ध बैंक परिसरमै कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
खाईपाई आएको सुविधा कटौती हुनेगरी कोषमा आवद्ध हुन दबाब र धम्की दिएको भन्दै विरोधमा उत्रिनु परेको कर्मचारीको गुनासो छ ।
जबर्जस्ती कोषमा आवद्ध हुन दबाब दिइए कानुनी उपचारका साथै देशव्यापी आन्दोलन गर्ने चेतावनी बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले दिँदै आएका छन् ।
तर कोषले भने आन्दोलनरत पक्षले दाबी गरेजस्तो कम सुविधा सामाजिक सुरक्षा कार्यक्रममा प्रदान नगरेको जिकिर गर्दै आएको छ ।
प्रतिक्रिया