अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको सानेपामा भारतीय नागरिकको हत्या

ललितपुरको सानेपामा भारतीय नागरिकको हत्या


काठमाडौं- ललितपुरको सानेपामा एक जना भारतीय नागरिकको हत्या भएको छ । हम्मर प्रहार गरेर ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो ।

झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उहाँलाई हम्मर प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरका केही सामान पनि हराएका छन् । चोरी गर्ने उद्देश्यले दोस्रो व्यक्ति घरमा प्रवेश गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

अन्तिम पटक पारिकले शुक्रबार साँझ एक जनासँग कुरा गर्नुभएको थियो । त्यसपछि कसैसँग सम्पर्क भएको नदेखिएको प्रहरी बताउँछ । ‘घटना पनि शुक्रबार साँझै अथवा शनिबार बिहानतिर भएको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘थप छानविन भइरहेको छ ।’

प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।