काठमाडौं- गत २४ घण्टामा देशभर १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ८७६ आरटीपीसीआर र ३ हजार २५६ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, गत २४ घण्टामा २ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, यो अवधिमा २७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज ४ सय ६१ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ सय ४२, ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जना संक्रमित थपिएका हुन् ।







प्रतिक्रिया