अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खतिवडालाई मेक्सिकोका लागि पनि गैरआवासीय राजदूतको जिम्मेवारी

खतिवडालाई मेक्सिकोका लागि पनि गैरआवासीय राजदूतको जिम्मेवारी


काठमाडौं- संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा. युवराज खतिवडाले मेक्सिकोका लागि गैरआवासीय राजदूतको जिम्मेवारी पनि पाउनुभएको छ ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै खतिवडालाई राजदूतको थप जिम्मेवारी दिएको जनाएको हो ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम खतिवडालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।