अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, सबै सार्वजनिक यातायात चलाउन पाइने

उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, सबै सार्वजनिक यातायात चलाउन पाइने


काठमाडौं- काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर(बिजोर प्रणाली हटाउँदै निषेधाज्ञा थप गरिएको छ । असार ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।

निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन।

असार २२ गतेदेखि जोर-बिजोर प्रणाली हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइन्छ । तर, जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो ।