अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकाको निषेधाज्ञा : के खुले, के खुल्न बाँकी? [सूचीसहित]

उपत्यकाको निषेधाज्ञा : के खुले, के खुल्न बाँकी? [सूचीसहित]


काठमाडौं- उपत्यका जिल्ला प्रशासनले निषेधाज्ञा झन् खुकुलो गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थप गरेको हो ।

प्रशासनले यातायातमा लगाइएको जोर-विजोर प्रणाली पनि हटाएको छ । सोमबार राति १२ बजेपछि लागू हुने निषेधाज्ञामा ६ क्षेत्रमा मात्र रोक लगाइएको छ ।

प्रशासनले सबै प्रकारका सभा-सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, स्वीमिङ पुल, खेलस्थललगायतका भिड हुने क्षेत्रमा रोक कायमै राखेको छ । खुला स्थानमा मानिसको भेला, जम्मा हुन, सभा जुलुस र जात्रा महोत्सव गर्न अझै रोक लगाइएको छ ।

पुजारीबाट हुने पूजाबाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । भौतिक उपस्थितिको पठनपाठनमा अझै रोक लगाइएको छ । स्थानीय ढुवानीका गाडी ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भनिएको छ ।

के-के खुल्यो? हेर्नुस् सूची :