अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्न सक्ने

आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्न सक्ने


काठमाडौं-आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्न सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ ।
आज राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।
अहिले देशका अधिकांश भूभागमा बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ ।
भोलि देशका अधिकांश भू-भागमा बादल लाग्ने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्न सक्ने छ । भोलि राति प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।
त्यस्तै बुधबार अधिकांश स्थानमा बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पानी पर्ने छ । प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।