काठमाडौं -काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली हटाउँदै निषेधाज्ञा थप गरिएको छ । असार ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।
निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन।
असार २२ गतेदेखि जोर-बिजोर प्रणाली हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब प्रशासनसँग अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइन्छ ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो ।
प्रतिक्रिया