अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुग्लिन नारायणगढ र पृथ्वी राजमार्ग साँझबाट सञ्चालन

मुग्लिन नारायणगढ र पृथ्वी राजमार्ग साँझबाट सञ्चालन


 

चितवन- पहिरोको कारण शनिबार रातिदेखि अवरुद्ध पृथ्वी राजमार्ग र मुग्लिन नारायणगढ सडक आइतबार साँझबाट सञ्चालनमा आएको छ । विहानदेखि पहिरो पन्छाउने काम गरेपछी साँझ ५ बजेबाट सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सुचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।

मुग्लिन सडक खण्डको सेती दोभान र चारकिलोमा पहिरो पन्छाएर बाटो दुबै तर्फ सन्चालनमा आएको छ । तर लामो जामको कारण सबारी साधन सहज रुपमा चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

त्यस्तै, पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिसलिङमा सडक भाँसिएर अवरुद्ध सडक पनि साँझबाट सन्चालनमा आएको छ । भासिएको स्थानमा अस्थाइ रुपमा बाटो सन्चालनमा ल्याएको सुचना अधिकारी खनालले जानकारी दिनुभयो ।