अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ राष्ट्रपतिसँग भर्चुअल सम्वाद गर्दै प्रधानमन्त्री ओली

चिनियाँ राष्ट्रपतिसँग भर्चुअल सम्वाद गर्दै प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भर्चुअल संवाद गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग चिनियाँ राष्ट्रपति सीले भर्चुअल छलफल गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयका अनुसार जुम मिटिङमार्फत हुने भर्चुअल छलफलमा प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु सहभागी हुनु हुनेछ । यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु पनि सहभागी हुने कार्यक्रम छ ।