अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधान सम्पादक अधिकारी विज्ञापन बोर्ड सदस्यमा नियुक्त

प्रधान सम्पादक अधिकारी विज्ञापन बोर्ड सदस्यमा नियुक्त


काठमाडौं- विज्ञापन बोर्डको सदस्यमा नेपाली बहस डट कमका प्रधान सम्पादक चेतन अधिकारी नियुक्त हुनुभएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट चार वर्षका लागि अधिकारी नियुक्त हुनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

चन्द्र न्यौपानेको निधन भएपछि रिक्त रहेको बोर्ड सदस्यमा अधिकारीको नियुक्ति भएको हो । नवनियुक्त सदस्य अधिकारीलाई मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङ, सचिव हरिप्रसाद बस्याललगायतले बधाई तथा शुभकामना प्रदान गर्नुभएको छ ।

अधिकारीले गोरखापत्र दैनिक, कान्तिपुर दैनिकलगायतका मूलधारका सञ्चार संस्थामा दुई दशकभन्दा लामो समय काम गर्नुभएको छ । हाल नेपाली बहस डट कमको सम्पादकीय नेतृत्व गर्नुभएका अधिकारी यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजक, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य रहनुभएको थियो ।

त्यस्तै, नेपाल टेलिभिजनको बोर्ड सदस्यमा ललितपुरका सवनम मुखिया नियुक्त हुनु भएको छ । नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वइच्छिक अवकाश लिनुभएका मुखिया ओस्कार कलेज अफ फिल्म स्टडिजबाट सिनेमाटोग्राफीमा स्नातक उपाधिप्राप्त हुनुहुन्छ ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वललगायतको उपस्थिति थियो ।